१५ चैत्र २०८०, बिहिबार
Tags

लागुऔषध नियन्त्रण ब्युरोको टोली द्वारा धरानकी एक ५० वर्षिय महिला लागुऔषध सहित पक्राउ

रणभूमी डेस्क मंगलबार, कार्तिक १५, २०७९

विराटनगर / लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलवार तस्करी पेशामा आवद्ध एक महिलाको साथ बाट ठुलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।

लामो समय देखि तस्करी पेशामा आवद्ध सुनसरी जिल्ला धरान उपहानगरपालिका २ बस्ने ५० वर्षिय महिला चन्द्रकला राईको साथ बाट लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विशेष सूचनाको आधारमा विराटनगर -१५ स्थित नेपाल भारत सीमा रानी नाकाबाट पराहन्न ४:३० बजेको समयमा लागुऔषध सहित पक्राउ गरेको हो । सो महिलाले दैनिक जोगबनी बाट कहिले किराना सामान त कहिले प्लास्टिक को गुन्द्री भारत बाट बोकेर नेपाल ल्याउने गर्थिन् । वृद्ध भएको कारणले कसैले उनी तर्फ लागुऔषध तस्करी मा सामेल भएको कसैले कल्पना समेत गरेको थिएन तर केही पैसाको लोभमा यी महिलाले लागुऔषध ओसारपोसार गर्नेगरेको कुरो उनको साथबाट लागुऔषध बरामद भएपछि मात्र खुलेको भएको हो ।

उनको साथ बाट नाईट्रोसन टेन लेखिएको ट्याब्लेट ६०० चक्की र स्पासमो प्रोक्सिभन प्लस क्याप्सुल २८८ थान ब्युरोको टोलीले बरामद गरेको छ। उनलाई थप अनुसन्धान तथा कारवाही प्रक्रियाको लागि लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ईलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्