१३ बैशाख २०८१, बिहिबार
Tags

विराटनगर-१४ को पूरानो हवाई फिल्डमा १७,१८ र १९ गते कबड्डी प्रतियोगिता हुँदै

रणभूमी डेस्क बिहिबार, कार्तिक १७, २०७९

विराटनगर / अन्तर प्रदेश स्तरीय खुल्ला पुरुष कबड्डी प्रतियोगिता कार्यक्रम विराटनगर-१४ स्थित पूरानो हवाई फिल्डमा १७ गते बिहीवार दिउँसो १ बजे देखी हुँदै छ। जसमा उदयपुर, धनकुटा, झापा, मोरङ्ग, सप्तरी र सुनसरी लगाएत आयोजक टिम गरी ७ वटा टिमले सहभागिता जनाउने आयोजकले बताएका छन् ।

विराट् युवा तथा महिला विकाश केन्द्रको आयोजनामा हुनलागेको तीन दिवसीय अन्तर प्रदेश स्तरीय खुल्ला पुरुष कबड्डी प्रतियोगिता कार्यक्रमलाई मोरङ्ग जिल्ला खेलकुद विकास समिति र जिल्ला कबड्डी संघ मोरङ्गले सहयोग र सहकार्य गरेको आयोजक समितिका अध्यक्ष परमेश्वर यादवले बताए ।

कबड्डी खेलमा प्रतेक दिन म्यान अफ दी सिरीज, प्रथम, द्वितीय र तृतीय हुने खेलाडी टिमलाई नगद राशि, शिल्ड, मेडल, प्रमाण पत्र प्रदान गर्ने आयोजकले बताए ।

खेल को अनुमानित लागत साढे ३ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले बताए । खेल १७ गते बिहीवार दिउँसो १ बजे उद्दघाटन हुने तथा १८ गते शुक्रवार देखि विहान ८ बजेको समयमा विराटनगर १४ स्थित पुरानो हवाई फिल्डमा हुने छ ।

यहाँ कमेन्ट गर्नुहोस्