१६ चैत्र २०८०, शुक्रबार
Tags

ठूलो परिमाणमा लागुऔषध टिटी सहित एक नेपाली महिला र दुई पुरुष पक्राउ

राजेश कुमार शर्मा शुक्रबार, मंसिर ०२, २०७९

फारबिशगंज / एसडीपीओ शुभांक मिश्रको नेतृत्वमा फारबिशगंज पुलिस स्टेशनले सदर रोडमा रहेको औषधि पसल रोजी मेडिकल हलका दुई कर्मचारी र एक नेपाली महिलालाई लागूऔषध र टिटीको अवैध व्यापारमा संलग्न पाएपछि पक्राउ गरेको छ।

पक्राउ परेकी नेपाली महिला र रोजी मेडिकल हलका दुवै कर्मचारीबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध टिटी र त्यसको र्यापर बरामद गरेको छ । बरामद गरिएको लागूऔषध टिटीको मूल्य ५० हजारभन्दा बढी रहेको बताइएको छ ।

घटना विषयमा जानकारी दिँदै फारबिशगंजका एसडीपीओ शुभांक मिश्राले नेपालकी महिला विराटनगरको रानी मिल्स एरियामा बस्ने शीला देवी साह र उनको श्रीमान् सुमित साहलाई सुभाष चोक नजिकैबाट पक्राउ गरेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्