१६ चैत्र २०८०, शुक्रबार
Tags

विराटनगर ३ मा संकास्पाद वस्तु देखेपछि आवत जावतमा रोक

रणभूमी डेस्क शनिबार, मंसिर ०३, २०७९

विराटनगर / विराटनगर ३ पुष्पमार्गमा बमजस्तै देखिने शंकास्पद वस्तु आज विहान भेटिएको छ । सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएको छ ।

आज विहान ७ बजे बजेतिर शंकास्पद एउटा झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको जानकारी दिए । ‘पुष्पलाल चौकदेखि दक्षिणतिर पुष्पमार्गमा शंकास्पद वस्तु फेला परेको छ,’ उनले भने, ‘अहिले नेपाली सेनाको बम डिस्पोजन टोलीलाई खबर गरेको छ । सेनाको टोली घटनास्थलतिर जादैछ ।’ शंकास्पद वस्तु फेला परेपछि परेपछि त्यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्