१५ चैत्र २०८०, बिहिबार
Tags

स्वतन्त्र उम्मेदवार लाभको १५ वर्षिय छोरामाथि अज्ञात समूहद्वारा हमला

रणभूमी डेस्क शनिबार, मंसिर ०३, २०७९

विराटनगर / मोरङ्ग क्षेत्र नं ५ (ख)को स्वतन्त्र उमेदवार नरेश लाभको छोरा माथि हमला भएको छ ।

राती सवा ७ बजेको समयमा लाभको घर नजिकै रहेको विराटनगर – १३ स्थित माईती नेपाल नजिक केही सामान किन्न गएको लाभको १५ वर्षिय नाबालक छोरोलाई दुई मोटरसाईकलमा आएको अज्ञात चार जनाको समूहले निर्घात कुटपीट गरी घाईते बनाएको छ ।

लाभको १५ वर्षिय छोरा विवेकलाई अहिले ईलाका प्रहरी कार्यालय रानीले उपचारको लागि विराटनगर स्थित कोशी अस्पताल लगिएको छ । घटनामा संलग्न व्यक्तिको खोजतलास भईरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्