०२ आश्विन २०८१, बुधबार
Tags

प्रेस स्वतन्त्रता हनन भएको भन्दै आसियान इंटरनेशनल जर्नलिस्ट कॉउंसिलको ध्यानाकर्षण

Ranbhumi आइतबार, जेठ १६, २०७८

भारत / भारतको बिहार राज्य अन्तरगत रहेको बक्सर जिल्लाको ई टि.भी. सम्वाददाता माथी भारतिय जनता पार्टी भाजपाको राज्य कार्यसमिती सदस्यले दर्ता गराएको एफआईआरको विषयलाई गम्भिरता पुर्वक लिदै आसियान इंटरनेशनल जर्नलिस्ट कॉउंसिल ले बिहारको मुख्यमंत्री र डीजीपीलाई पत्र पठाएको छ ।

आसियान इंटरनेशनल जर्नलिस्ट कॉउंसिल ले पठाएको पत्रमा पत्रकारलाई जसरी मुद्दा दर्ता गरिए त्यों प्रेस स्वतन्त्रताको उल्लंघन भएको उल्लेख गर्दै पत्रकारितालाई लोकतन्त्रको चौथो स्तम्भ भनिन्छ । सत्य समाचार प्रसारणमा एफआईआर हुनु प्रेस स्वतन्त्रताको विरुद्ध कार्य भएको कुरा प्रष्ट पारिएको छ । देशका पत्रकारहरुलाई सत्य लेख्न सक्षम बनाउन सरकारको पहल हुनुपर्ने तथा बक्सरको एम्बुलेन्स मुद्दामा उच्चस्तरीय अनुसन्धान गर्नुपर्ने र यस सम्बन्धी सम्बन्धित अधिकारीहरुमाथि कारबाही हुनुपर्ने भन्दै दर्ता भएको मुद्दा तत्काल रद्द गर्ने माग काउंसिलका निर्देशक राजेश कुमार शर्मा र शशांक राजले गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्