२५ माघ २०७९, बुधबार
Tags

मृतकलाई दाहसंस्कारको लागि सहनीको सहयोग

रणभूमी डेस्क आइतबार, मंसिर ११, २०७९

विराटनगर / विराटनगर महानगर पालिका -६ नं वडा बस्ने एक वृद्धा को निधन हुँदा सोही वडाका वडा अध्यक्ष हरिस्चन्द्र सहनी (अक्षय) ले दाहसंस्कारको निम्ति आर्थिक साहियोग गरेको छ ।

वडा अध्यक्षमा निर्वाचित हुनुभन्दा धेरै अगाडी देखि यस्ता सामाजीक कार्यहरूमा सक्रिय रहने सहनीले विराटनगर ६ बस्ने गुञ्जा देवी मण्डलको सासुआमा मनसेरिया मण्डलको बिहान १० बजेको समयमा स्वर्गारोहण हुँदा दाहसंस्कारको निम्ति सहनीले ७१०० रुपैयाँ सहयोग गरेको मण्डलले बताए ।

कडा बोल्ने र अकडो स्वभाव भएको सहनीले विराट समाज नाम गरेकाे संस्थाको छातामुनि बसेर बाढी आएको बेला होस वा महामारी जस्तो भयावह संक्रमणको स्थितिमा सहनी सामाजीक कार्यहरूमा सक्रिय मात्रै नभई समर्पित भएर नै लाग्ने गरेकाे स्थानियहरु बताउँछन् ।

यहाँ कमेन्ट गर्नुहोस्