२४ बैशाख २०८१, सोमबार
Tags

दुहबीमा विजय जुलुसको क्रममा झड्प हुँदा दर्जनौं नेता कार्यकर्ता घाईते

मो. अकील काशमी बिहिबार, मंसिर १५, २०७९

सुनसरी / सुनसरीको दुहबीमा नेकपा एमाले को विजय र्यालीका बिच ढुङ्गा मुढा भई झडप हुँदा दर्जनौं नेता कार्यकर्ता व्यक्ति घाईते भएका छन ।

बुधवार दुहविमा एमालेको विजय र्यालीको क्रममा झड्प भएको थियो । सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित एमालेकी भगवती चौधरी र प्रदेश सभा सदस्य रोहित बहादुर कार्की विजय र्यालीको क्रममा झड्प भएको थियो । झडप पश्चात केही बेर दुहवी तनाव ग्रस्त बनेको थियो ।

नेपाली कांग्रेसको गड मानिएको दुहवी -९ मा एमालेका कार्यकर्ताहरूले विजय गच्छदार विरुद्ध मुर्दावादको नारा लगाएपछि दुई समूह वीच ढुङ्गा मुढा भएपछि झड्पको स्थित उत्पन्न भएको इलाका प्रहरी कार्यालय ईटहरिले जनाएको छ । अहिले स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्