१५ बैशाख २०८१, शनिबार
Tags

घर घरमा राहत बाड्दै बैश्य युवा संघ मोरङ्ग

Ranbhumi बिहिबार, जेठ २७, २०७८

बिराटनगर / सेवा नै धर्म हो । रोगको साथसाथै भोकले कोहिपनि मान्छे नमरुन भन्ने उद्देश्यको साथ नेपाल वैश्य युवा संघ मोरङ्गले बैश्य समुदायमा राहतको निम्ति महाअभियान सुरु गरेको छ ।
नेपाल वैश्य युवा संघ मोरङ्ग द्वारा अति बिपन्न परिवारलाई घर घरमा राहत अभियान सुरु गरेका छ। यश अभियानमा सल्लाहकार महेश कुमार साह, शिवनारायण गुप्ता , अध्यक्ष गणेश कुमार साह, महासचिव सन्तोष साह, अशोक सिंह लगायतको पदाधिकारीहरुको सहभागितामा नेपाल वैश्य युवा संघ द्वारा संचालित राहत अभियानमा १५ किलो चाम्ल, दाल, नुन, २ किलो आटा, आलु, प्याज, खानेतेल, भुजा, सोयाबिन लगायतका खाधान्न सामाग्रीहरुको प्याकेट बनाई घर घरमा उपलब्ध गराएका छन । आजको अभियानमा नेपाल वैश्य युवा संघ मोरङ्गको टिमले पानीमा भिजेर पनि घरदैलो अभियानलाई निरन्तरता दिएका छन । यश अभियानमा बिराटनगरको खार्जी हुँदै घोगापुल चौक, बुद्ध चौक, सरोचिया, रामपुर शिव मन्दिर पछाडि र महेन्द्र चौक लगायतको ठाँउहरुमा राहत बितरण गरेको संघ का अध्यक्ष गणेश साहले बताउनुभयो ।

यस अभियानलाई निश्वार्थ सहयोग गर्नेहरुमा दिनानाथ साह, महेश कुमार साह, शिवनारायण गुप्ता , गणेश कुमार साह, सन्तोष साह, उमा शंकर भगत, प्रदिप कुमार दास(छोटु) लगायत मनकारी व्यक्तिहरूले सहयोग गर्नु संघ को अध्यक्ष साहले बताएकाछन ।

यहाँ कमेन्ट गर्नुहोस्