०६ बैशाख २०८१, बिहिबार
Tags

आँखाको लेन्स सहित १२ लाख बढीको अवैध सामान ईप्रका रानी द्वारा पक्राउ

रणभूमी डेस्क आइतबार, पुष ०३, २०७९

विराटनगर / भारत बाट अवैद्य रुपमा नेपाल ल्याएको करीब १२ लाख ३ हजार ४२० रुपैयाँ बराबरको आखाँको लेन्स र औषधि सहितका अन्य सामानहरू ईलाका प्रहरी कार्यालय रानी र रानी (सीमा) बाट खटेको प्रहरी टोलीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ।

आज बिहान करिब साढे १ बजेको समयमा बिराटनगर म.न.पा.१६ बिराटनगर जुट मिल छेउ स्थितमा अवैध रुपमा भारत बाट नेपाल तर्फ लुकाई छिपाई बोरामा बोकी ल्याउदै गरेको अवस्थामा अन्दाजी मूल्य रु. ८ लाख ६४ हजार रुपैयाँ बराबरको आखाँ को लेन्स १२० थान, अन्दाजी मूल्य रु . ३४ हजार ८ सय रुपैयाँ बराबरको आखाँमा लगाउने औषधी २५० थान, अन्दाजी मुल्य रु. ७५ हजार बराबरको चाबी ७५० थान, अन्दाजी मुल्य रु.१ लाख ७० हजार बराबरको थान को कपडा(सुट) ३४० मिटर, रु. २७ हजार ३२० बराबरको चिया छान्ने १३६६ थान, रु.७,३०० बराबर को कागती निचार्ने ७३ थान र रु.२५ हजार मूल्य बराबरको साडी ५० थान ई.प्र.का.रानी, र ई.प्र.का.रानी(सिमा) बाट खटेको टोलीले पक्राउ गरेको थियो ।

उक्त सामान ओसार्ने तस्करहरुले प्रहरीलाई देखेर अँध्यारोको मौका छोपी सामान छाडी भाग्न सफल भएकाे थियो । उनीहरूको खोज तलास कार्य भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्