१५ बैशाख २०८१, शनिबार
Tags

रुद्राक्षको दाना सहित साढे ७ लाखको सामान ईप्रका रानीको टोली द्वारा जफत

रणभूमी डेस्क आइतबार, पुष १०, २०७९

विराटनगर / ईलाका प्रहरी कार्यालय रानी र मातहतको कार्यालयहरुबाट खटेको टोलीले लाखौं मूल्य बराबरको अवैध रुपमा भन्सार क्षली नेपाल भित्रयाएको सामानहरू पक्राउ गरी जफत गरेको छ।

आईतवार बेलुकी साढे ८ बजेको समयमा विराटनगर महानगर पालिकाको १६, १७ र १८ नं वडामा पर्ने हुलास चौक दक्षिण गेट, रघुपति जुटमिल नजिक बाट र बुद्धनगरको बाटो भएर भन्सार क्षली गरी नेपाल ल्याएको रु ७ लाख ४६ हजार ९ साय रुपैयाँ भन्दा बढीको सामानहरू जफत गरेर सोमवार विहान भन्सार बुझाउने तयारी गरेको छ । यसरी जफत गरिएको सामान हरुमा पुरुषले लगाउने स्टकोट, बारीमा लगाउने झुल, ग्यास चुखाको सामानहरू, २ बोरा रुद्राक्ष दाना, सिटि सफारीको सकप, पाउडर दुध, जुत्ता, चप्पल, गल्बन्धी, गाई लाई खुवाउने भिटामिन औषधी लगाएत, प्लास्टीक को कुर्सी, प्लास्टीक को दात, पुजा को सामाग्री, झोला मा लगाउने क्लीप, मोजा, युरीया मल र चिनी गरी जम्मा मुल्य रु ७ सात लाख ४६ हजार ९ सय २८ रुपैया मूल्यांकन गरिएको सामानहरू रहेको छ।

सामानहरू भन्सार क्षली गरी ल्याएको हुनाले तस्करहरुले प्रहरीको टोलीलाई देखेर सामान छाडी भाग्न सफल भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

बरामद गरी जफत गरिएको उक्त सामानहरु भोली सोमवार विराटनगर भन्सार कार्यालय रानीमा दाखिला गरिने प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्