१५ चैत्र २०८०, बिहिबार
Tags

नेपाल भारत सीमा टिकुलिया वस्तीमा एक युवाको हत्या, मृतक युवा नेपाली भएको हुनसक्ने

रणभूमी डेस्क सोमबार, पुष १८, २०७९

विराटनगर / नेपाल भारत सीमा जोगवनीको टिकुलिया वस्तीमा एक युवकलाई हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ ।

कुलतमा परेको नेपाली युवाहरुको लागि लागुऔषध खरिद तथा सेवनको निम्ति सो ठाउँमा लागुऔषध पाउने धेरै सुपरमार्केटहरु सञ्चालनमा रहेका छन् । सोही ठाउँमा मृत अवस्था भेटिएका युवाको लुटपाट पश्चात हत्या भएको हुन सक्ने त्यहाँका स्थानियहरु बताउँछन् ।

हत्या गरी फालिएको अवस्थामा भेटिएको शव को पहिचान भइसकेको छैन । मृतक टिकुलिया वस्तीमा लागुऔषध सेवन गर्न पुगेको नेपाली युवा भएको हुनसक्ने जोगवनी पुलिसको भनाई छ । उक्त सवलाई पोस्टमार्टम गरेर हत्याको अनुसन्धान सुरु गर्नेछौं भनी बताए

यहाँ कमेन्ट गर्नुहोस्