२५ माघ २०७९, बुधबार
Tags

पत्रकार दास माथि कोशी अस्पतालको मेसु ले गर्यो दुर्व्यवहार, जीवित शिशुलाई मृत घोषणा पछिभयो लफ्डा

रणभूमी डेस्क बिहिबार, माघ ०५, २०७९

विराटनगरस्थित कोशी अस्पतालले १८ दिने जिवित शिशुलाई मृत घोषणा गरेको बिषयलाई लिएर बुधबार रिपोर्टिङ गर्न गएका विराटनगरका एक पत्रकारमाथि दुव्र्यवहार गरेको बताईएको छ । लाईभ न्यूज रफ्तारका पत्रकार सोनुकुमार दासमाथि कोशी अस्पतालका मेसुु लक्ष्मी नारायण यादवले हातपात गर्दै दुर्व्यवहार गरेका छन् ।

कटहरी गाउँपालिका वडा नं. ३ निवासी दिलीप मुखिया र उमा मुखियाको १८ दिने शिशु छोरीको स्वास्थ्यमा समस्या देखिएर बुधबार अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका जिवित शिशुलाई चिकित्सकीय टोलीले मृत घोषणा गरिदिएको थियो । शिशु जिवितै भएपनि अस्पतालको लापरबाहीका कारण उनलाई मृत घोषणा गरिएको थियो । सोही विषयमा समाचार संकलन गर्न पुगेका लाइभ न्यूजका पत्रकार सोनु कुमार दास माथि हातपात गर्दै कार्यकक्ष बाहिर निस्केको भिडियोमा देखिएको छ । अस्पताल भर्ना गरिएकी शिशुको नाम खुसी हो । १८ दिनअघि कोशी अस्पतालमै उमाले छोरीलाई जन्म दिएकी थिईन् । उनको नर्मल डेलिभरी भएको थियो । अस्पतालले मृत्यु भएको घोषणा गरिदिएपछि आफन्तले दाहसंस्कारको तयारीसहित शिशुलाई डिस्चार्ज गरी घर ल्याए । तर, ल्याएपछि १८ दिने खुसी जिवितै भेटिईन् । उनको साँस चलिरहेको थियो । उनले हातको औंला पनि चलाईन् । जिवितै रहेको चाल पाएपछि उनीहरुले पुुनः शिशुलाई उपचारका लागि गोल्डेन हस्पिटल भर्ना गरेका छन् । आकस्मिक कक्षका डा. लक्ष्मण चौधरीलाई जिवित शिशुलाई मृत घोषणा गर्नुको कारण माग गरेपछि चौधरीले गैह्रजिम्मेवार जवाफ दिएका थिए । डा. चौधरीको जवाफपछि आक्रोशित शिशुका आफन्तहरुले उनीमाथि हातपात समेत गरेका थिए । त्यसपछि सर्वसाधारणको भीड बढ्दै गएपछि ज्यान जोगाउन अस्पतालको पुर्व दक्षिणपट्टिको वाल नाघेर भागेका डा. चौधरी हालसम्म सम्पर्कमा आउन सकेका छैनन् । उनको फोन पनि स्वीच अफ गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्