१६ चैत्र २०८०, शुक्रबार
Tags

नेपाल औषधी व्यवसायी संघ मोरङ द्वारा मिल्स एरियामा निःशुल्क स्वास्थ्य शिविर

रणभूमी डेस्क शनिबार, माघ ०७, २०७९

विराटनगर / नेपाल औषधी व्यवसायी संघ मोरङले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर १५ मिल्स एरियास्थित दुर्गा मन्दिरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविरमा १ सय जना विरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो । स्वास्थ्य जाँच गरिएको विरामीहरूलाई निःशुल्क औषधी पनि वितरण गरिएको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । शिविर सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई उपाध्यक्ष ढकालले धन्यावाद दिए ।शिविरमा विराटनगरस्थित बाल बालिका क्लीनिका वरिष्ठ बालरोग विशेषज्ञ डा. राजेश यादव, वरिष्ठ फिजिसियन डा. रोशन खड्का र दन्त रोग विशेषज्ञ डा. सुधिर श्रेष्ठले विरामीहरूको स्वास्थ्य जाँच गरेका थिए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरको दक्षिण क्षेत्रमा पुगेर विरामीहरुको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको उपाध्यक्ष ढकालले बताए । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एन.एम.एस.आर.ए) विराटनगरलगायत विभिन्न औषधी व्यवसायीहरुले शिविरमा औषधी सहयोग गरेका थिए ।

संघले यसअघि पनि सामाजिक संघसंस्थाहरूमा निःशुल्क स्वास्थ्य सामाग्री र सचेता मुलक कार्यक्रमहरू पनि गर्दै आएको औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले जानकारी दिए । शिविरमा नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष तिम्सिना, उपाध्यक्ष ढकाल, सचिब हरीराज रेग्मी, (एन.एम.एस.आर.ए) बिराटनगर अध्यक्ष प्रमोद कुमार साहलगायतको सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्