१६ चैत्र २०८०, शुक्रबार
Tags

भारु नक्कली नोटको कारोबार गरेको आशङ्कामा जिफन्टका सचिव पक्राउ

साभार आइतबार, माघ ०८, २०७९

काठमाडौँ / ट्रेड युनियन महासङ्घ जिफन्टका सचिव तारानिधी पन्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्रमा भारतीय नक्कली रुपैयाँ किन्न खोजेको अवस्थामा रमेश भनेर चिनिने तारानिधी पक्राउ परेका हुन् ।

प्रहरीले पन्त समूहको साथबाट नेपाली १० लाख रुपैयाँ बरामद गरेको छ । कारोबारीहरूले नेपाली १० लाख रुपैयाँमा भारतीय १ करोड किनेर कारोबार गर्ने गरेका थिए । जेब्रा झोलामा पैसा बोकेर गएको अवस्थामा रमेश पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनाबारे अनुसन्धान गरिरहेको मधेस प्रदेशका डिआइजी वसन्त कुँवरले बताए ।

साभार : रातोपाटी

यहाँ कमेन्ट गर्नुहोस्