०८ बैशाख २०८१, शनिबार
Tags

२४ ग्राम लागुऔषध ब्राउनसुगर सहित एक महिला पक्राउ

रणभूमी डेस्क शुक्रबार, माघ १३, २०७९

झापा / झापाको कन्काई नगरपालिका-३ स्थितबाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ ।

विहीवार राती बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ घर भई कन्काई नगरपालिका-३ स्थितमा डेरा गरी बस्दै आएका सुमन चौधरीको कोठामा खानतलासी गर्दा २४ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान, नगद नेपाली रुपैया २२ हजार ५०, भारतिय रुपैया ३ हजार २ सय र मे.१०प ५७१४ नम्वरको मोटरसाईकल बरामद गरेको हो ।

उक्त सामान बरामद भए संगै घरमा रहेकी चौधरीको श्रीमती मेनुका लकान्द्रीलाई प्रहरीले पक्राउ गरेको हो भने चौधरीको खोज तलास भईरहेको तथा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्