१४ बैशाख २०८१, शुक्रबार
Tags

वडा अध्यक्ष कप टी-ट्वान्टीमा क्रिकेटमा होराईजन विजयी भई सेमिफाईनलमा प्रवेश

रणभूमी डेस्क शनिबार, माघ १४, २०७९

विराटनगर / मोरङको कटहरी गाउँपालिकामा जारी वडाध्यक्ष कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगरको होराईजन क्रिकेट क्लबले जित हात पारेको छ ।

प्रतियोगिता अन्र्तगतको दोश्रो दिनको खेलमा झापा बिर्तामोडको बुस्टन क्रिकेट एकेडमीलाई २४ रनले पराजित गर्दै होराईजनले जित हात पारेको हो ।

पहिलो ब्याटिङ गर्दै होराईजनले ९ बिकेटमा ११६ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको झापाको बुस्टनले निर्धारित २० ओभरमा अल आउट हुँदै ९२ रन मात्र बनाउन सकेको थियो । खेलको म्यान अफ दी म्याच बिजयी टिमका कपिल मण्डल घोषित भएका छन । उनले ३९ बलमा ५३ रन बनाएका थिए । जित संगै होराईजनले सेमिफाईनलको यात्रा तय गरेको छ ।

भोलीको खेल बिसिसिए विराटनगर र आयोजक कटहरी क्रिकेट क्लब बिच हुने आयोजक समितिका मनोज मण्डलले जानकारी दिनुभयो । प्रतियोगितामा विराटनगरको ४ झापाको १ सुनसरीको १ र कटहरीको २ वटा गरि ८ वटा प्रदेशस्तरिय टिमले सहभागिता जनाईरहेका छन ।

कटहरीको ३ नम्बर वडा समितिको आयोजनामा प्रतियोगिता आयोजना गरिएको सम्बन्धित वडाका वडाध्यक्ष जदुलाल कामतले जानकारी दिनुभयो । माघ १३ गते बाट शुरु भएको प्रतियोगितको फाईनल खेल २१ गते हुने जनाईएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्