०८ बैशाख २०८१, शनिबार
Tags

रंगेली २ का वडाअध्यक्षले महिलामाथि कुटपिट गरेको आरोप

रणभूमी डेस्क आइतबार, माघ १५, २०७९

बिराटनगर / मोरंगको रंगेली नगरपालिका वडा न -२ का वडाअध्यक्षले महिलामाथि कुटपिट गरेको आरोप छ। घरायसी कुरामा विवाद भई रंगेली नगरपालिका वडा न -२ का वडाअध्यक्ष सन्तलाल खवासका श्रीमती र स्थानिय महिला सुमिना खवासबिचको झगडामा वडा अध्यक्ष खवासले स्थानिय महिला सुमिना खवासलाई शक्तिको दुरुपयोग गरि हातपात गरेको सुमिना खावासिकी छोरी रेनुका खवासले बताईन।

मेरो आमा र हाम्रो वडा अध्यक्षको श्रीमतीबीच घरायसी कुरामा विवाद चलिरहेको थियो त्यहि समयमा वडाअध्यक्ष सन्तलाल खवास मादक पर्दार्थ सेवन गरि नशामा रहेको बेला उक्त बिवाद मिलाउनुको साटो उल्टै म ५ बर्षकोलागी शक्तिमा छु जे गर्न सक्छस गर भनि धम्कीपूर्ण भाषाको प्रयोग गरि मेरो आमाको संवेदनसिल अंगमा समेत हातपात गर्नु भयो यो कुरा म सहन सकिन र आमाको बचाउ गर्न म पनि पुगे वडाअध्यक्षले मलाई पनि दुर्व्यवहार गर्नु भयो।

म माथि भएको हातपात मेरो आमाले सहन सक्नु भएन र आफ्नो र मेरो बचाउकोलागि ढुंगाले वडाअध्यक्ष माथि प्रहार गर्नु भयो ढुंगाले सामान्य चोट लागेको वडा अध्यक्षले शक्तिको दुरुपयो गर्दै हामीलाई फसाउन खोज्नु हुदैछ रेनुका खवासले भनिन् । वडा अध्यक्षले शत्ता र शक्तिको दुरुपयोग गरि अहिले मेरो आमा सुमिना खावासलाई थुनामा राख्न लगाउनु भयो मेरो आमामाथि विभिन्न सड्यन्त्र गरेर मुद्दा समेत तर्दा गर्दै हुनुहुन्छ खवासले बताईन्। यो बिषयमा स्थानीय समाज र केहि वडा अध्यक्षले समाजमा नै मिलाउने प्रयास गरे पनि वडा अध्यक्ष खवास तर्किएर हिड्ने गरेको रेनुकाले बताईन्। हामीलाई न्याय चाहिएको छ उल्टै हामीमाथि निर्मम कुटपिट भयो उल्टै न्यायको साटो हामीलाई नै फसाउन खोजिदै छ रेनुकाले भाबुक हुदै भनिन्।

यसै बिषयमा रंगेली नगरपालिका वडा न -२ का वडा अध्यक्ष सन्तलाल खवाससंग हामीले टेलिफोन मार्फत बुझ्ने प्रयास गर्यौ हामिसंगको सम्पर्कमा वडा अध्यक्ष खवासले आफूमाथि लागेको सबै आरोप ईनकार गरे। उनले भने हामि आफ्नै सम्बन्धभित्रका मानिस हौ। म पटक पटक मिल्ने प्रयास गरेको छु तर सुमिना खवास र उनको परिवार मिल्न आएको छैन वडा अध्यक्ष खवासले भने।

यहाँ कमेन्ट गर्नुहोस्