![](https://www.ranbhumi.com/wp-content/themes/ranbhumi/files/image/writer.png)
रणभूमी डेस्क आइतबार, माघ १५, २०७९
![](https://www.ranbhumi.com/wp-content/uploads/2023/01/20230129_220900.jpg)
विराटनगर / झापा बाट कामको खोजीमा विराटनगर आएकी एक महिला र एक बालिका लाई साना हाथहरु नेपालले बेचिन बाट जोगाउदै उद्धार गरी २ जना भारतीय नागरिक विरुद्ध मुद्दा दर्ता गराएको छ ।
झापा जिल्ला घर भएकी २७ वर्षिया महिलाले दिदीको १४ वर्षिया छोरीलाई साथमा लिएर विराटनगर को एक होटलमा काम मागिरहेकी थिइन् । सोही बखत त्यही होटलमा रहेका दुईजना भारतिय नागरिकको नजर उनीहरू माथी पुगेको थियो । ति दुइजना मानिसहरू मध्ये एक जना विहारको सुपौल जिल्ला बस्ने वर्ष ४० को बाबु साहब र अको अररिया जिल्ला बस्ने मो. जहागिर रहेको थियो । ति दुवै जना मानिसहरुले महिला र बालिकालाई भारतमा राम्रो जागिर लगाईदिन्छु भनी फकाएर ति महिला र बालिकालाई प्रलोभनमा पारी सँगै लिएर नेपाल भारत सीमा रानी नाका नजीकै को एक होटलमा बसेको र राती करणी पनि गरेको महिलाले बताईन ।
भोली पल्ट विहान उनिहरुले दुवैजना लाई साथमा लिएर भारत तर्फ जाँदै गर्दा विराटनगर भन्सार कार्यालयको रानी नाकामा चेलीबेटी बेचविखन विरुद्ध को संस्था साना हाथहरु नेपालका कर्मचारी हरुलाई संका लागि रोकेर सोध पुछ गर्दा सबै कुरा खुलेको थियो ।
महिला तथा बालिकालाई उद्धार गर्दै
साना हाथहरू नेपालले दुवैजना मानिलाई प्रहरीको सहयोगमा पक्राउ गरी ईलाका प्रहरी कार्यालय रानीमा ल्याई मानव बेचविखन तथा ओसार पोसार र जवरजस्ती करणी मुद्दामा आईतवार मुद्दा दर्ता गराएको छ ।