१३ बैशाख २०८१, बिहिबार
Tags

श्री राधाकृष्ण मन्दिर विवाद, धर्मशालाको कुरा साधारणसभामा उठाउने तयारी

अनुज सापकोटा सोमबार, माघ १६, २०७९

विराटनगर / चाहँदैमा कुनै चीज पाउन नसकिने रहेछ। पाउनका लागि सम्पूर्ण कुराको तारतम्य मिल्नु पर्ने रहेछ । विराटनगर-१ को तीनपैनी उत्तरमा रहेको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले धर्मशाला बनाउने गरी तयारी थालेको थियो । पुरानो एक तल्ले धर्मशालालाई फुटाइयो । आधुनिक र विराटनगरकै नमूना धर्मशाला बनाउने गरी स्केच र डिजाइन कोरियो ।

तर धर्मशालाका लागि जतिसुकै दौडधुप गरिएपनि निर्माण हुन सकेको छैन । निर्माणको पेंच मन्दिरका मुख्य पुजारी गोपाल पौड्याल र राधाकृष्ण मन्दिर समितिबीच फसेको छ । पौड्याल र समितिको आ-आफ्नो अडानका कारण धर्मशाला निर्माणको कार्य अन्यौल छ ।

पटक-पटक पुजारी पौड्याल र परिसरमा ४ देखि ५ तल्लासम्मको ६० कोठे हाराहारीमा सुविधा सम्पन्न धर्मशाला बनाउने योजना छ ।

सुविधा सम्पन्न धर्मशाला विराटनगरको मुटु तीनपैनीमा निर्माण गर्न सके यसले स्वदेशमा मात्र नभएर भारतमा समेत चर्चा कमाउने समितिका पदाधिकारीको विश्वास छ । भारतमा समेत प्रचार भए धर्मशालामा विवाह लगायतका लागि कार्यक्रम गर्न भारतबाट पनि मानिस आउने र धर्मशालाको आय श्रोत बढ्ने समितिको मान्यता छ । समितिले मन्दिरको मूलद्वारबाट नै धर्मशालाको निर्माण चाहेको छ । तर मन्दिरका मुख्य पुजारी पौड्याल यसरी धर्मशालाको निर्माण गर्न नदिने पक्षमा उभिएका छन् । समितिले सोही परिसरमा आफ्नो लागि १ देखि २ कठ्ठा मेनरोड पट्टी अर्थात मूलद्वारतर्फबाट जग्गा छुट्याइदिएर बाँकी क्षेत्रफलमा बुवा पुण्यप्रसाद पौड्याल मन्दिरको पूर्वपुजारी भएको र उनको बुवाको संरक्षणबाट नै मन्दिर जोगिएको पौड्यालको किटान छ । पौड्यालले आफ्नो हक माग्दै आएको कुरा बताउँदै आएका छन् ।

कुनै पनि हालतमा जग्गा नछाड्ने अडानमा पुजारी पौड्याल छन् । धर्मशाला निर्माण समितिका अध्यक्ष पुनम गुप्ताको मध्यस्थतामा कैयौं पटक समिति र पौड्यालको छलफल भएपनि त्यो अधुरो नै रह्यो ।

मन्दिसंग आवद्ध केहि व्यक्ति भने धर्मशाला निर्माणको कुरा साधारण सभामा उठाउने गरी तयारीमा जुटेका छन् । मन्दिरको जग्गा कसैको व्यक्तिगत सम्पत्ति नभएको भन्दै जग्गा ओगट्ने काम कसैबाट हुन नहुने उनीहरूको तर्क छ । मन्दिर उत्तरतर्फको अधुरो भवनलाई पूर्णता दिई त्यसैको माथिल्लो तल्लामा पुजारी पौडेल र उनका परिवारलाई बस्न दिने समिति आवद्ध व्यक्तिको भनाई छ ।

समितिका आजीवन सदस्य नवीन रेग्मीले मन्दिर र यसले चर्चेको जग्गा कसैको व्यक्तिगत सम्पत्ति नभएको बताए ।

उनले धर्मशाला निर्माणको काम अत्यन्तै पवित्रताको काम रहेकोले लडाई झगडाको साटो सहमतिबाट धर्मशाला निर्माण हुनुपर्ने र पुजारी पौडेलले बालहठ त्याग गर्नुपर्ने बताए । रेग्मीले विराटनगरको शानको रूपमा धर्मशालाको यथाशिघ्र निर्माण थालिनु पर्ने भन्दै समितिको साधारण सभामा यस सम्बन्धी कुरा जोडदार रूपले उठाउने बताए ।

समिति अध्यक्ष कैलाश रेग्मीले धर्मशाला बन्न विलम्ब हुँदै गएको भन्दै साधारण सभामा यस सम्बन्धी कुरा उठेको खण्डमा उठेका सवालको निराकरणका लागि आफू दस्तावेज लिएर तयारी हालतमा बसेको बताए ।

उनले पुजारी पौड्याललाई आफूले अन्यत्र छाडेर जाऔं भनेर कहिले नभनेको भन्दै समितिले निर्माण गरेको संरचनामा रितपूर्वक बस्दै भगवानको ध्यान आरती गर्नुपर्नेमा जोड दिए ।

समितिका सचिव प्राध्यापक कपिलकुमार भण्डारीले धर्मशाला जसरी पनि बन्नु पर्ने बताए । उनले विराटनगरको शानका रूपमा बन्ने धर्मशालाका लागि कोहि पनि बाधक बन्न नहुने तर्क भण्डारीको थियो ।

मन्दिरको साधारण सभा माघ २१ गते शनिबार बस्दै छ । समितिका कतिपय पदाधिकारीदेखि आजीवन सदस्य धर्मशालाको विवाद टुंग्याउने गरी दौडधुप, छलफल र सहमतिमा व्यस्त रहेको बुझिएको छ ।

धर्मशाला निर्माणको विषय आपसी छलफलबाट नटुंग्यीए सभामार्फत शिघ्र धर्मशाला निर्माणको निर्णय पारित गरिने र सोही निर्णयको आधारमा कारवाही प्रक्रिया अगाडि बढाइने समिति निकट श्रोतको दावी छ ।

न्यू शृष्ट्टी दैनिक बाट

यहाँ कमेन्ट गर्नुहोस्