०८ बैशाख २०८१, शनिबार
Tags

अवैध रुपमा ल्याईएको प्रतिबंधित औषधी सहित भारतीय मोटरसाईकल नियन्त्रणमा

रणभूमी डेस्क आइतबार, माघ २२, २०७९

विराटनगर / मोरङको सुनवर्षी नगरपालिका ७ बरडंगा स्थितबाट नियन्त्रित औषधी सहित भारतिय नम्बर प्लेटको मोटरसाईकल नियन्त्रणमा लिईएको छ ।

शनिवार दिउसो साढे २ बजे प्रहरी चौकी बरडंगाबाट खटिएको प्रहरी टोलीलाई देख्न साथ बिआर ३९ एल १०८२ नं. को मोटरसाईकल घुमाउने क्रममा अनियन्त्रित भई मोटरसाईकल लड्दा चालक मोटरसाईकल छाडी फरार भएका थिए ।

त्यहाँ खटिएको प्रहरी टोलीले सोही मोटरसाईकलमा बाधेको बोरामा नियन्त्रित औषधी ट्रामाडोल क्यापसुल र आईपी ट्याबलेट ९६० पत्ता (९६०० पिस) फेला पारेको हो । फरार भएका व्यक्तीको खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्