१६ चैत्र २०८०, शुक्रबार
Tags

भन्सार छली गरी ल्याएको साढे दुईलाख बढीको सामान ईप्रका रानी द्वारा जफत

रणभूमी डेस्क बुधबार, माघ २५, २०७९

विराटनगर / विराटनगर भन्सार कार्यालय रानीले कडाई थालेपछि व्यापारिक प्रयोजनको लागि अवैध रुपमा मालसामान ओसापसार गर्ने मानिसहरू विभिन्न जुक्ती लगाई भारत बाट माल वस्तु ल्याउँदै गर्दा ईप्रका रानीबाट खटेको टोलीले साढे २ लाख बढीको सामान पक्राउ गरी जफत गरेकाे छ ।

भारतको जोगवनी बाट लुकाई छिपाई वैकल्पिक बाटोको प्रयोग गरेर नेपाल ल्याएको रु १ लाख ८० हजार मूल्य बराबरको अवैध कपडा (हाफ कट्टु) २ साय थान ईलाका प्रहरी कार्यालय रानीबाट खटेको गस्ती टोलीले मंगलवार राती करिब सवा १० बजेको समयमा विराटनगर १५ स्थित हुलास चौक बाट पक्राउ गरी नियन्त्रणमा लिएको थियो । प्रहरीको टोलीले सामान रोकेर चेक जाँच गर्न खोज्दा उक्त सामान ल्याउने विलेकी सामान त्यही छोडेर भारत तर्फ भागेको थियो ।

त्यसैगरी प्रहरीको नियमित चेकजाँच टोलीले विराटनगर १५ कै राम जानकी चौकबाट रु. ७९ हजार ५ साय रुपैयाँ बराबरको कुर्ता सुरुवालको कपडा ५३ थान, रु ५ हजार रुपैयाँ मूल्य बराबरको हरियो मटर र २ हजार ६ साय रुपैयाँ बराबरको चिनी ४० केजी पक्राउ गरी जफत गरेकाे छ ।

उक्त सामानहरू बुधवार विराटनगर भन्सार कार्यालय रानीमा बुझाउने प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्