१६ चैत्र २०८०, शुक्रबार
Tags

आईसिपिबाट निस्केको अनियन्त्रित लहरिको ठक्करबाट सेक्यूरिटी गार्डको मृत्यु

रणभूमी डेस्क शनिबार, माघ २८, २०७९

विराटनगर / विराटनगर भन्सार कार्यालय अाईसिपी बाट विराटनगर जाँदै गरेको फलामको तार लोड गरिएको भारतीय नं को लहरी ट्रक अनियन्त्रित भई विराटनगर -१८ स्थित लावा घाटमा दुर्घटना भएको छ । उक्त दुर्घटनामा ट्रक ले किचिएर एक जना मानिसको ज्यान गएको छ ।

सुदर्शन सेक्यूरिटी सर्भिसेज प्रालिको आईसिपई मा कार्यरत राजेन गिरी को उक्त दुर्घटनामा मृत्यु भएको हो ।

दुर्घटना हुँदा मे १० प ९१६१ नं को स्कुटीमा सवार बिर्तामोड चार आलि झापा बस्ने ५:३० बजे तिर एटिएम बाट पैसा झिक्न भनी निस्केको सिक्युरिटी गार्ड गिरीको एनएल ०२ जी ८९५२ नं को लहरीको चपेटामा परी दुर्घटना भएर मृत्यु भएको हो।

गाडी चालक फरार रहेको र त्यसको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।
थप विवरण आउन बाँकी

यहाँ कमेन्ट गर्नुहोस्