१६ चैत्र २०८०, शुक्रबार
Tags

ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्य

ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्य

रणभूमी बुधबार, साउन १३, २०७८

झापा / श्रावण-१३ , झापा दमक नगरपालिका ४ स्थित पुर्व-पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक झापा कन्काई ३ का ४३ बर्षीय पुर्ण बहादुर बिष्ट र पछाडी सवार निजकै श्रीमती ३६ बर्षीया भिमा बिष्ट रहेका छन् ।

हिजो राती सभा १० बजे पश्चिम तर्फ आउदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले बिपतरित दिशाबाट आईरहेको प्रदेश २-०३-०१३ प ४७८७ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा गम्भिर घाईते भएका उनिहरुको उपचारको लागी दमक लाईफ लाईन अस्पतालमा पुर्‍याउन साथ दुवै जनाको मृत्यु भएको थियो ।

दुर्घटना गराई फरार भएको सो ट्रक र ट्रक चालक मोरङ विराटनगर ४ बस्ने ४८ बर्षीय सुजन थापालाई अस्थाई प्रहरी पोष्ट ताराबारीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले बताएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्