०८ बैशाख २०८१, शनिबार
Tags

नेपाल भारत सीमा सोनामनी गोदाममा मल व्यावसायी सम्पतकुमार साह माथि गोली प्रहार

रणभूमी डेस्क बुधबार, फाल्गुण ०३, २०७९

जोगवनी / नेपाल भारत सीमा नजीकै खाद्य मलको एक व्यवसायीलाई मोटरसाईकलमा सवार अज्ञात समूहले गोली हानी हत्या गरेकाे छ ।

भारतको अररिया जिल्ला स्थित नेपाल भारत सीमा सोनामनी गोदाममा रजौला वडा नं ५ बस्ने मल व्यवसायी सम्पतकुमार साह को हत्या को प्रयास भएको हो ।

एक मोटरसाईकलमा तीन जाना सवार भई आएको अज्ञात हतियारधारी समुहले साहलाई गोली जानी फरार भएको अररिया पुलिसले जनाएको छ । साहलाई पुलिसको सहयोगमा अररिया जिल्ला स्थित सदर अस्पतालमा भर्ना गरी उपचार भईरहेको जनाएको छ ।

अहिले दुवै देश बीचको सीमामा सुरक्षा निगरानी बढाएको र अपराधीहरुको खोजी तलासी भईरहेको अररिया पुलिस ले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्