०६ बैशाख २०८१, बिहिबार
Tags

करीब २८ के.जी. गाँजासहित एक जना सशस्त्र प्रहरीको नियन्त्रणमा

रणभूमी डेस्क शनिबार, फाल्गुण ०६, २०७९

सुनसरी / जिल्लाको हरिनगर गाँउपालिका ७ स्थित देवानगंज पुल नजिकबाट फागुन ०४ गते राति सशस्त्र प्रहरीले करीब २८ के.जी.गाँजा र ट्रयाक्टरसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बिओपि घुस्की सुनसरीले सोही जिल्लाको दुहबि नगरपालिका ४ बस्ने २० बर्षिय मोहमद रुस्तमलाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीले दुहबिबाट घुस्कीतर्फ आउँदै गरेको को २ त ७९९३ नम्बरको ट्रयाक्टरमा शंका लागी जाँच गर्दा ट्रयाक्टरको ट्रालीमुनि फल्सबटम बनाई लुकाई छिपाई ल्याउँदै गरेको ३ वटा बोराभित्र १४ पोकामा उल्लेखित परिमाणको गाँजा फेला परेको हो ।

नियन्त्रणमा लिईएका रुस्तमलाई गाँजा र ट्रयाक्टरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय देवानगंज सुनसरीमा बुझाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्