०८ बैशाख २०८१, शनिबार
Tags

सीमावर्ती एरियामा एसएसबी र तस्कर बीच भिडन्त, गोली लागि कमाण्डेन्ट सहित दुईजना घाइते

पवन विक्रम शाह सोमबार, फाल्गुण ०८, २०७९

सुनसरी / सुनसरी जिल्लाको नेपाल भारत सीमा घुस्की नजिक एसएसबी र तस्कर बीच भिडन्त हुँदा एसएसबी कमाण्डेन्ट र एक तस्कर गरी दुई जना घाईते भएका छन् ।

तस्करीको सामान समाउन खोज्दा एसएसबी र तस्करहरु बीच भिडन्त भएको थियो जसमा तस्करहरुले चलाएको गोली लागि सशस्त्र सीमा बल एसएसबीको ५६औं बाहिनी प्रमुख घाईते भएका थिए । तस्करले फायरिङ्ग सुरु गरेपछि एसएसबीले पनि फावाफि फायरिङ्ग फर्काएको थियो । सोही क्रममा एसएसबी को गोली लागेर एक जना तस्करको हातमा गोली लागि घाईते भएका छन् । घटना सुनसरी जिल्लाको घुस्की नजिकैको बजार घुर्ना थान क्षेत्र पथराहामा भएको हो ।

घाईते एसएसबी कमाण्डेन्टलाई उपचारको लागि पटना पुर्याईएको छ भने तस्करको अररिया जिल्ला कै अस्पतालमा उपचार भईरहेको छ ।

सुनसरी सीमामा घटना भए पछि अहिले जोगवनी लगाएत सबै नाकामा सुरक्षा गस्ती बढाउनुका साथै नाकामा थप कडाई गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्