०८ बैशाख २०८१, शनिबार
Tags

ईप्रका रानी र पत्थरी प्रहरी द्धारा ठुलो परिमाणमा अबैध औषधी बरामद

रणभूमी डेस्क आइतबार, फाल्गुण २१, २०७९

विराटनगर / मोरङका दुई छुट्टा छुट्टै स्थानबाट प्रहरीले ठुलो परिमाणमा अबैध औषधी बरामद गरेको छ ।

शनिवार राती साँढे ११ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१६ बाट भारतबाट अबैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको ग्लोनेक जेल-५५ प्याकेट, लफ्टिन ट्याब्लेट – १४४ प्याकेट गरी करिव ८ लाख ५२ हजार भन्दा बढीको औषधी बरामद गरेको छ । साईकलमा लोड भएको अवस्थामा बरामद भएको उक्त औषधीको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानी बाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसैगरी ईलाका प्रहरी कार्यालय पथरीबाट शनिवार दिउँसो खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-४ बाट प्रतिबन्धित औषधी ईस्पाइसपेन ५४०० चक्की र ट्रामाडोल ५२०० चक्कि बरामद गरेको छ ।

बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले स्थानिय एक सुगुर फार्म नजिक खाल्डोमा परालले छोपेको राखेको अवस्थामा उक्त परिमाणको प्रतिबन्धीत औषधी बरामद गरेको र सो सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्