१२ बैशाख २०८१, बुधबार
Tags

हुलास चौक नजिकैको नालाबाट बेवारिसे शव फेला

रणभूमी डेस्क बिहिबार, फाल्गुण २५, २०७९

विराटनगर / विराटनगर १५ स्थित हुलास चौकमा एक जना मानिसको शव फेला परेको छ ।

घटना हुलास मेटल क्राफ्ट नजिकै को हो जहाँ नालामा लडिरहेको अवस्थामा अन्दाजी ६० वर्ष उमेर भएको जस्तो देखिने एकजना पुरूषको शव फेला परेको हो ।

विहीवार विहान १०:३० बजे तिर स्थानीयले खाल्डोमा शव देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीले शवको पहिचान लगाएतका अनुसन्धान प्रक्रिया गरिरहेको छ ।

ईलाका प्रहरी कार्यालय रानी र जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षकको नेतृत्वमा घटनाको छानविन गरिरहेको छ र शवलाई पोस्टमार्टमको लागि कोशी अस्पताल लैजाने तयारी भईरहेको एक प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्