२७ बैशाख २०८१, बिहिबार
Tags

अमेरिकाबाट पार्सालमा प्याक गरी नेपाल ल्याईएको गाँजा पक्राउ

रणभूमी डेस्क बिहिबार, फाल्गुण २५, २०७९

काठमाण्डौ / पार्सलमा प्याक गरी अमेरिकाबाट नेपाल पठाएको प्रतिबंधित लागुऔषध गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको छ ।

अमेरिकाको लस एन्जल्स र क्यालिफोर्नियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको पार्सलमा गाँजा फेला परेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

अमेरिकाबाट आएको ६ किलो ९ साय ग्राम गाँजा बरामद गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसपी चक्रराज जोशीले बताए ।

अमेरिकाबाट आएको गाँजाको पार्सल रिसिभ गर्ने एकजना भारतीय नागरिक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत गुजरात घर भएका ३० वर्षीय निमेश अशोकभाई डायनी, सर्लाहीको हरिहरपुर नगरपालिका–३ घर भएका २८ वर्षीय फैज आलम र गोरखाको गण्डकी गाउँपालिका घर भएका २३ वर्षीय रुपक अर्याल रहेका छन् ।

दुबई हुँदै काठमाडौँ पठाइएको पार्सलमा ‘होम डेकोर वाटर फाउन्डेशन र चाइल्ड गेम आइटम’ लेखिएको भएपनि भित्र गाँजा पठाएको भेटिएको छ । गाँजा कारोबारीले पार्सलमा ‘चकलेट र चाइल्ड गेम आइटम’ लेखेर अमेरिकाबाट नेपालमा पठाउने गरेको अनुसन्धानबाट खुलेको छ ।

उनीहरूको साथबाट भारतीय आधार कार्ड, नेपाली रुपैयाँ ८० हजार, भारतीय रुपैयाँ १ लाख ४० हजार समेत बरामद भएको ब्युरोले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्