१४ बैशाख २०८१, शुक्रबार
Tags

मोरङ्गले जित्यो इक्युवालिटि कप महिला क्रिकेट २०२३ को उपाधि

रणभूमी डेस्क शनिबार, फाल्गुण २७, २०७९

विराटनगर / दोस्रो इक्युवालिटि कप महिला क्रिकेट २०२३ प्रतियोगिताको उपाधि मोरङले जितेको छ ।

नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा आज भएको फाइनल खेलमा कोशी प्रदेशको मोरङले मधेश प्रदेशको सिरहालाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

टस जितेर पहिलो ब्याटिङ रोजेको सिरहाले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ७१ रनको सामान्य स्कोर बनाएको थियो । सिरहाकी शोभा शर्माले सर्वाधिक १० रन बनाउँनु बाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् ।

मोरङकी टिका साहले ४ ओभरमा १० रन दिएर ५ विकेट लिँदा खुशी राजवंशीले १ विकेट लिनुभयो । ७२ रनको सामान्य लक्ष्य पछ्याएको मोरङले १० दशमलव १ बलमा ५ विकेट गुमाई विजयी लक्ष्य पार गर्‍यो ।

मोरङकी टिका साह सर्वाधिक ३३ रनमा नटआउट हुनुभयो । सिरहाकी अर्चना महतोले सर्वाधिक २ विकेट लिनुभयो ।

फाइनल खेलको वुमन अफ द फाइनल मोरङकी अलराउण्डर खेलाडि टिका साह घोषित हुनुभयो भने वुमन अफ सिरिजको उपाधि मोरङकी कप्तान सानु राजवंशीले प्राप्त गर्नुभयो । सानु प्रतियोगिताको उत्कृष्ट ब्याटर समेत हुनुभयो । उत्कृष्ट बलर सिरहाकी चन्द्रीका साह र प्रतियोगिताको उदयमान खेलाडि मोरङकी पूर्णीमा राजवंशी घोषित हुनुभयो ।

फाल्गुन २४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको सप्तरी र सिरहासहित ४ टिम सहभागि रहेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्