२७ बैशाख २०८१, बिहिबार
Tags

नक्कली नोट र लागु औषध र सहित २ जना पक्राउ

रणभूमी डेस्क बिहिबार, चैत्र ०२, २०७९

झापा / झापाको बिर्तामोड नगरपालिका-४ स्थितबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर र नक्कली नोट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधवार बेलुका बिशेष सुचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-४ का सुवास ताजपुरियाको घर कोठा खानतलासी गर्दा ४ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर, नाईट्राजेपान २८ ट्यावलेट र नक्कली नेपाली नोट हजार रुपैयाको ८८ थान, पाँच सयको २ थान, अष्ट्रेलियन नोट एक सयको ३ थान, अन्य देशहरुको नोट ११ थान, सक्कली नेपाली रुपैया ३ हजार र मे.५ प.९७९७ नम्वरको मोटरसाईकल बरामद भए सगै २४ बर्षीय सुवास ताजपुरिया र उनको भाई १९ बर्षीय प्रविण ताजपुरीयालाई पक्राउ गरिएको हो ।

लागुऔषध ब्राउन सुगर र नक्कली नोट सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्