१४ बैशाख २०८१, शुक्रबार
Tags

चैत ४ देखि ७ गतेसम्म इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता विराटनगरमा हुँदै

रणभूमी डेस्क शुक्रबार, चैत्र ०३, २०७९

विराटनगर / इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता शनिबारदेखि विराटनगरमा हुने हुने भएको छ ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा चैत ४ देखि ७ गतेसम्म हुने भएको हो । आयोजकले विराटनगरमा शुक्रवार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको छ ।

प्रतियोगितामा इन्डियाको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएन र विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमिबीच मैत्रीपूर्ण प्रतियोगिता हुने नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए । प्रतियोगिता ५० ओभरको १ र ३ वटा टि–२० प्रतियोगिता हुने उनले बताए ।

विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमिकोतर्फबाट रुबीना क्षेत्रीको कप्तानीमा प्रतियोगता खेल्नेछन् । विराटनगरको तर्फबाट काजल श्रेष्ठ, सुबनम राई, अपना बेगम, कविता जोशी, सम्झना खड्का, आष्मा कर्मचार्य, कविता गौतम, सानु राजवंशीलेलगायतका अन्तराष्ट्रिय महिला खेलाडीहरुले खेल्नेछन् । उक्त प्रतियोगिता विराटनगर ६ स्थित मेल्बन ज्वाला क्रिकेटको खेलमैदानमा हुनेछ ।
प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख रुपैयाँ खर्च हुने अनुमागन गरिएको छ ।

प्रतियोगिताको विजेतासहित बेस्ट ब्याटर, बेस्ट बलर, बेस्ट प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट किपरले पुरस्कार पाउने बताइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्