१५ चैत्र २०८०, बिहिबार
Tags

इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेटमा नेपाली टिमको विजय शुरुवात

रणभूमी डेस्क शनिबार, चैत्र ०४, २०७९

विराटनगर । प्रथम रेडमण्ड इन्डो – नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा नेपालको विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी(विसिसिए) विजयी शुरुवात गरेको छ ।

विसिसिएले ४ खेलको श्रृखलामा पहिलो खेलमा भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएनलाई ९ विकेटले पराजित गरि १–० को अग्रता लिएको छ ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला क्रिकेटको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित १७ ओभरमा ९ विकेट गुमाई ६६ रनको सामान्य स्कोर बनाएको थियो । भारतिय टोलीकालागि कप्तान रुतु भोस्लेले २० रन बनाउँदा दिक्षा सिंहले ११ रन बनाईन । नेपालकी अन्तराष्ट्रिय खेलाडि अस्मीता कर्मचार्यले ४ ओभरमा १ मेठन राख्दै ३ विकेट लिइन् । उनी खेलको प्लेयर्स अफ द म्याच समेत घोषित भइन् । त्यस्तै नेपाली टोलीकी कप्तान रुविना क्षेत्री, टिका साह, सवनम राई र कविता गौतमले १–१ विकेट लिइन र जवाफमा ६७ रनको झिनो लक्ष्य पछ्याएको विसिसिएले १० ओभरमा १ विकेट गुमाई सो विजयी लक्ष्य भट्टाएको थियो ।

विसिसिएका लागि नेपालकी विकेट किपर काजल श्रेष्ठले ३७ रनमा अविजित हुँदा अर्की अन्तराष्ट्रिय खेलाडि अपसरी वेगम ४ रनमा अविजित भइन् । त्यस्तै अन्तराष्ट्रिय खेलाडि सम्झना खडकाले २१ रन बनाएर आउट भइन् । भारतकी मिनाक्षी कबदालले १ विकेट लिइन् ।

चैत ७ गतेसम्म हुने प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा इन्डियाको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएन र विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमिबीच मैत्रीपूर्ण प्रतियोगिता हुने नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले बताए । प्रतियोगिता ५० ओभरको १ खेल र ३ वटा टि–२० प्रतियोगिता हुने छ ।

विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमिकोतर्फबाट नेपाली टोलीकी कप्तान रुबीना क्षेत्रीले कप्तानी गरेकी छिन् । विराटनगरको तर्फबाट काजल श्रेष्ठ, सुबनम राई, अपना बेगम, कविता जोशी, सम्झना खड्का, अस्मिना कर्मचार्य, कविता गौतम, सानु राजवंशीलेलगायतका अन्तराष्ट्रिय महिला खेलाडीहरुले खेल्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख रुपैयाँ खर्च हुने अनुमागन गरिएको छ । प्रतियोगिताको विजेतासहित बेस्ट ब्याटर, बेस्ट बलर, बेस्ट प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट किपरले पुरस्कार पाउने बताइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्