१६ चैत्र २०८०, शुक्रबार
Tags

इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेट अन्तिम खेलमा नेपाल विजयी, उपाधि विसिसिए को हाथमा

रणभूमी डेस्क बुधबार, चैत्र ०८, २०७९

विराटनगर / विराटनगरमा जारी प्रथम रेडमण्ड इन्डो –नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिताको अन्तिम सिमित ओभरको खेलमा घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी(विसिसिए) ले जितेको छ ।

४ खेलको क्रिकेट प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएनलाई ३ ० ले जितेको हो ।
मंगलबार सम्पन्न भएको सिरिजको अन्तिम सिमित ओभरको खेलमो पिसिसिएले भारतको महिला टोलीलाई ४९ रनले पराजित गरेको छ ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला विराटनगर क्रिकेटको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको विसिसिएले निर्धारित ३० ओभरमा ४ विकेट गुमाई १ सय ४४ रनको स्कोर बनाएको थियो । घरेलु टोलीका लागि कप्तान रुविना क्षेत्रीले ५९ रन बनाउँदा सम्झना खडकाले नटआउट २४ रन बनाइन् । भारतकी कप्तान रितु भोस्लले सर्वाधिक २ विकेट लिए ।

जवाफमा १ सय ४५ रनकोे लक्ष्य पछ्याएको पाउना टोली भारतिय महिला टोलीले २६ दशमलव १ बलमा ९५ रनमा सिमित भयो । भारतकी रितु भोस्लेले १८ रन बनाउँदा दिक्षा सिंहले १३ रन बनाइन् । विसिसिएकी अस्मीता कर्मचार्र्यले ३ विकेट लिँदा कविता जोशी २ विकेट लिइन् ।

खेलको वुमन अफ म्याच विसिसिएको कप्तान रुविना क्षेत्री घोषित भइन भने वुमन अफ द सिरिज पनि क्षेत्री नै भइन् । त्यस्तै उत्कृट ब्याटर विसिसिएकी सम्झना खडका र उत्कृष्ट बलर पनि विसिसिएकी अस्मीता कर्मचार्र्य घोषित भइन ।
विजयी खेलाडिलाई प्रमुख अतिथि विराटनगर महानगर पालिकाका उपमेयर शिल्पा निराका कार्की, क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह, आयोजकका अविशेक श्रेष्ठ र र रेडमण्डक्याफेका प्रमेश हुमागाईले वितरण गरे ।

यहाँ कमेन्ट गर्नुहोस्