१३ बैशाख २०८१, बिहिबार
Tags

मिल्स कप क्रिकेट प्रतियोगिता सुरु, खेल चैत्र १५ देखि २५ गते सम्म जुटमिलको मैदानमा हुँदै

रणभूमी डेस्क बुधबार, चैत्र १५, २०७९

विराटनगर / मिल्स कप क्रिकेट खुल्ला प्रतियोगिता को सामाजीक विकाश मन्त्री बुद्धि कुमार राज भण्डारीले उदघाटन गरेका छन् ।

मिल्स क्रिकेट क्लबको अध्यक्ष मुरली चौधरी र
१६ नं वडा का वडा अध्यक्ष उद्धाब भुजेलको संयोजकत्वमा कार्यक्रम सुरु भएको क्रिकेट प्रतियोगितामा प्रमुख अथिति सामाजीक विकाश मन्त्री मा. बुद्धि कुमार राज भण्डारीले पानसमा दियो बाली खेलको उदघाटन गरेका हुन् ।

मिल्स कप क्रिकेट प्रतियोगिता समितिले दुई जना अन्तराष्ट्रिय क्रिकेट खेलाडी ललित राजवंशी र दिपेश कडेललाई सम्मान पत्र सहित सम्मानित गरेका थिए ।

कार्यक्रममा स्थानीय नेता तथा समाजसेवी नेपाली कांग्रेस कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, राष्ट्रिय खेलकुद विकास समितिका अध्यक्ष परशुराम बस्नेत लगाएत अथितिहरुको सहभागिता रहेको थियो ।

मिल्स कप क्रिकेट प्रतियोगिता चैत्र १५ गते देखि चैत्र २५ गते सम्म हुँदैछ। जसमा नेपाल र भारत गरी १८ वटा क्रिकेट टिमले सहभागिता जनाएको छ ।

बुधवार पहिलो उदघाटन खेल उदघाटन खेल होराईजन एकेडमी विराटनगर र प्रिन्स क्रिकेट क्लब जोगवनी बीच प्रतिस्प्रधा हुँदैछ ।

यहाँ कमेन्ट गर्नुहोस्