०८ बैशाख २०८१, शनिबार
Tags

जोगवनीमा लागुऔषध कारोवारी बीच गोली हानाहान, एक जना घाईते, विराटनगरमा उपचार हुँदै

रणभूमी डेस्क सोमबार, चैत्र २०, २०७९

विराटनगर / नेपाल–भारत सीमा अन्तर्गत छिमेकी बजार जोगवनीमा गोली चल्दा एक जना घाईते भएको छ ।

सोमबार बिहान ४ बजे विराटनगरको १६ नं वडा दरहैया नजिक रहेको भारतको ईन्द्रानगर – ४ जोगवनी टिकुलिया बस्तीमा लागुऔषध कारोबारीबीच गोलि हानहान भएपछि टिकुलिया वस्तीका अंकित सिंहलाई गोलीको छर्रा लागि घाईते भएका हो ।

घाईते सिंहको विराट नर्सिङ्ग होममा उपचार भईरुहेको छ । सिंह पनि लागुऔषध कारोबारी हुन् । उनलाई अर्को लागुऔषध कारोबारीले नै गोलि हानेको बुझिएको छ ।

यस अगाडी समेत त्यो समूहबीच पटक–पटक विवाद उत्पन्न हुँदै आएको थियो । भारतबाट लागुऔषध नेपाल पठाउने र नेपालबाट जाने गाँजा भारतमा कटाउने काममा सिंह सक्रिय रहेको प्रहरीको बुझाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्