२७ बैशाख २०८१, बिहिबार
Tags

श्रोत नखुलेको मुद्राहरू धमाधम पक्राउ गर्दै सीमा सुरक्षा गुल्म रानी

रणभूमी डेस्क सोमबार, जेठ ०८, २०८०

विराटनगर / श्रोत नखुलेको नेपाली रुपैयाँ भारत बाट मोटरसाईकलको सिटमुनि लुकाई छिपाई नेपाल ल्याएको ८ लाख ९० हजार ५ सय रूपयाँ नगद सहित दुई जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेकाे छ ।

आईतवार साझ करिब साढे ४ बजेको समयमा विराटनगर महानगर पालिकाको १४ नं वडा स्थित मन्ठा पोखरी नजिक बाट सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीबाट सप्रनाउँ लोकेन्द्र सुब्बा सहितको मोवाईल गस्ती टोलीले विशेष सूचनाको आधारमा भारतबाट वैकल्पिक बाटो प्रयोग गरी ग्ल्यामर मोटरसाईकलमा आउँदै गरेकाे जिल्ला अररिया नगरपरिषद् जोगबनी वडा नं. १३ जयप्रकाश नगर, भारत बस्ने वर्ष २८ को मो.सा. चालक सत्येन्द्र कुमार मिश्रा र जोगवनी वडा नं. १६ महेश्वरी, भारत बस्ने वर्ष ३४ को पिन्टु कुमार साहलाई पक्राउ गरेकाे थियो ।

उनीहरूले मोटरसइकलको सीट मुनि लुकाइरहेको अवस्थामा रु. ४ लाख ९० हजार ५०० रुपैयाँ फ्युल ट्याङ्कको दाहिना साइडको बड़ी कभरभित्र लुकाइरहेको अवस्थामा रु. २ लाख रुपैयाँ र बायाँ साइडको बड़ी कभरभित्र लुकाइरहेको अवस्थामा रु. २ लाख रुपैयाँ गरी जम्मा रु. ८ लाख ९० हजार ५०० रुपैयाँ स्रोत नखुलेको नेपाली मुद्रा बरामद गरेकाे थियाे ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको दुवै जनालाई वि आर ५० एफ ९५४३ नं को मोटरसइकलसमेत आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थियो।

सोही क्रममा जेष्ठ ५ गते अन्दाजी साढे ४ बजे विराटनगर भन्सार कार्यालय रानी स्थित नं. २ ढाटबाट भारतबाट झोला बोकी नेपालतर्फ श्रोत नखुलेको रकम ल्याउँदै गरेकाे अवस्थामा ३ जना व्यक्तिहरुलाई सोही ठाउँमा डिउटीमा खटेको सशस्त्र प्रहरीको टोलीलाई शंका लागि चेकिङ गर्न खोज्दा ति व्यक्तिहरु झोला छाडी भारततर्फ भागेको थियो । सशस्त्र प्रहरीकाे डिउटी टोलीले उक्त झोलाबाट भारतीय रुपैया ३ लाख ४० हजार नगद तथा दुई थान बैंक चेक र केही कागज पत्रहरु फेला परेको थियो । नगद सहित उक्त झोला बाट फेला परेको कागज पत्रमा एक्सिस बैंकको एटिएम कार्ड, ड्राईभिङ्ग लाईसेन्स१ थान, स्थाई लेखा कार्ड, २ थान एक्सिस बैंकको चेक, आधार कार्ड रहेको थियो ।

त्यसै गरी जेष्ठ महिना सुरुवातमै सशस्त्र प्रहरीले हुलास चौक बाट चेक जाँचको क्रममा लागुऔषध टिटी सहित पति पत्नीलाई सँगै पक्राउ गरेको थियो । सुनसरी जिल्लाको धरान उप-महानगर पालिका ८ बस्ने वर्ष ३० को डेभिड गहतराज र उनको श्रीमति वर्ष २३ की हेमकला श्रेष्ठलाई चेकजाँचको क्रममा लुपिजेसिक २६ एम्पुल, डाईजिपाम २५ एम्पुल, एभिल २९ एम्पुल र फेनारगन २५ एम्पुल सहित पक्राउ गरी प्रहरीलाई बुझाएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्