२८ बैशाख २०८१, शुक्रबार
Tags

मापसे गरी बिरामी बोकेको एम्बुलेन्स चालकलाई ट्राफिक प्रहरीले गर्यो कार्वाही

रणभूमी डेस्क बिहिबार, साउन ३२, २०८०

विराटनगर / मादक पदार्थ सेवन (मापसे) गरी बिरामी बोकेको एम्बुलेन्स चालकलाई ट्राफिक प्रहरीले कार्वाही गरेकाे छ ।

मंगलवार राती ८:४५ बजेको समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र ट्राफिक प्रहरी पोस्ट रानी द्वारा गरिएको छड्के मापसे चेक जाँचमा एक एम्बुलेन्स चालक परेका छन् । एम्बुलेन्स चालकले मादक पदार्थ सेवन गरी बिरामी बोकेर भारत तर्फ जाँदै गर्दा ट्राफिक प्रहरीको चेक जाँचमा फेला परेको हो ।

विराटनगर तर्फबाट बिरामी बोकेर भारतको अररिया जिल्ला फारबिशगंज जाँदै गरेको अवस्थामा नेपाल भारत सीमामा बसेको ट्राफिक प्रहरीको टोलीले मेसिन द्वारा जाँच गरेपछि एम्बुलेन्स चालक बाबिय विर्ता २ मोरङ्ग जिल्ला ठेगाना भएको विमल श्रेष्ठलाई मापसे गरी एम्बुलेन्स जस्तो सम्वेदनशील सवारी साधन चलाएको भनी तत्काल पक्राउ गरी नियन्त्रणमा लिएको थियो भने उक्त एम्बुलेन्स अर्को एक जना चालकलाई जिम्मा लगाएर बिरामीलाई पुर्याउन पठाएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्