२४ बैशाख २०८१, सोमबार
Tags

सम्पादक राजेश भगतलाई पितृशोक

रणभूमी डेस्क शुक्रबार, भाद्र १५, २०८०

विराटनगर / आभूषण साप्ताहिकको सम्पादक प्रकाशक, रणभूमि साप्ताहिक र रणभूमि डटकम का सम्पादक राजेश कुमार भगतलाई पितृशोक परेको छ ।

विगत १२ दिन देखि बिरामी भएर न्यूरो अस्पतालमा उपचार भईरहेकोमा विहीवार चिकित्साको सल्लाह अनुसार आफ्नै घरमा ल्याएको अवस्थामा सम्पादक भगत का पिता ८३ वर्षिय गंगा प्रसाद भगतको शुक्रवार विहान ९:०० बजेको समयमा असामयिक निधन भएको हो ।

विराटनगर ११ केसलिया रोड स्थित निज निवास बाट आज दिउँसो १ बजेको समयमा हाटखोला को घाटमा स्वर्गीय भगतको अन्त्योस्टी गरिने परिवारजन ले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्