२७ बैशाख २०८१, बिहिबार
Tags

भन्सार छली नेपाल ल्याएको अवैध सामानहरू गोदाम बाटै पक्राउ गर्ने थाल्यो सशस्त्र प्रहरीले

रणभूमी डेस्क सोमबार, भाद्र १८, २०८०

विराटनगर / सीमामा सुरक्षाकर्मीलाई छलेर महिला तथा बालालिकाहरुलाई प्रयोग गरी भण्डारण गरिएको ठूलो परिमाणको कपडा तथा खाद्यान्न सामग्री सशस्त्र प्रहरीले जफत गरेकाे छ ।

अवैध निकासी पैठारी गर्नेहरूलाई निरुत्साहित गर्न, चोरी तस्करी नियन्त्रण गर्न र भारतबाट किनमेल गरी नेपाल फर्किदा लाग्ने भन्सार राजस्व सबैलाई तिर्नु पर्ने बानी बसाउन नेपाल भारत सीमा स्थित रानी नाकामा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित भन्सार सुरक्षा गुल्म रानीको टोलीले नाकामा कडाई गरेपछि तस्कर तथा व्यापारीहरुले महिला तथा बालबालिकाहरुलाई प्रयोग गरी सुरक्षाकर्मीहरुलाई छलेर थोरै थोरै सामान गरी भण्डारण गरेको ठुलो परिमाणको अवैध खाद्यान्न सामग्री तथा लता कपडाहरू सशस्त्र प्रहरी जफत गरेकाे छ ।

नाकामा कडाई भएपछि नेपाल-भारतमा सामान ओसार पोसार गरी वैकल्पिक रोजगार गरिरहेको गरिबीको रेखामुनि रहेको मानिस, महिला तथा बालबालिकाहरु सुरक्षाकर्मीलाई छलेर ज्यान धरापमा राखी दैनिक गर्नेगरेको भाग दौडले त्यस्ता मानिसहरूको ज्यान समेत जोखिममा रहेको र पलपलमा दुर्घटना को जोखिम उच्च रहेको हुनाले सशस्त्र प्रहरीले सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरेर त्यस्ता व्यक्तिलाई परिचालन गरेर पर्दा पछाडि बसेर कारोबार गर्ने नेपाली व्यापारीले अवैध सामान भण्डारण गरी राखेको ठाउँबाट सशस्त्र प्रहरीले पक्राउ गर्ने थालेपछि तस्करी जन्य क्रियाकलाप गर्नेहरुमा त्रासको माहोल श्रृजना भएको छ ।

विराटनगर महानगर पालीकाको ११ नम्बर वडा स्थित केसलिय रोड बाट सशस्त्र प्रहरीले ४३ बोरा अवैध सेतो केराउ मटर जफत गरी भन्सार दाखिला गरेको थियो । सोही क्रममा आईतवार थोरै थोरै गरेर ठूलो परिमाणमा भण्डारण गरेको १ हजार ८० थान लता कपडाहरू विराटनगर महानगर पालिका को ६ नं वडामा मलाया रोड नजिकै बाट पक्राउ गरी भन्सार दाखिला गरेको छ ।

सशस्त्र प्रहरीद्वरा परिचालन गरिएको सादा पोसाकको प्रहरीहरुले भदै को पहिलो हप्तामै विराटनगर विमास्थल नजिकै बाट अन्दाजी बजार मूल्य १० लाख बढी पर्ने लता कपडाहरू पक्राउ गरी भन्सार दाखिला गरेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्