२७ बैशाख २०८१, बिहिबार
Tags

प्रहरीले ५ जनाको एक्स-रे गरेर फेला पार्यो मलद्वारबाट शरीर भित्र राखेको लागूऔषध

रणभूमी डेस्क मंगलबार, आश्विन १६, २०८०

उदयपुर / कुलतमा परेका युवाहरु मलद्वार भित्र ल्याएको लागुऔषध सहित प्रहरीले ५ जनालाई पक्राउ गरेकाे छ ।

कुलतमा लागेका युवाहरुको शंकास्पद गतिविधि देखेर प्रहरी निरिक्षक सहितको टोलीले चेक जाँचको क्रममा एक्स-रे गरे पछि माल द्वारको माध्यमबाट शरीर भित्र हालेको लागुऔषध फेला परेको थियो ।

प्रहरीले शनिबार उदयपुरको चौदण्डीगढी नगरपालिका ६ बेलटार बाट प्रहरीले चेक जाँचको क्रममा उदयपुर चौदण्डीगढी न.पा.६ बस्ने वर्ष ३० को बिनोद राई, सोही ठाउँ बस्ने वर्ष ३२ को बिदुर राई, वर्ष ३० को बिशाल राई, वर्ष ३२ को मनोज राई र वर्ष ३२ को प्रबेश चौहानलाई शंका लागि नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरूको एक्स-रे पश्चात शरीर भित्र लागुऔषध रहेको देखिएको थियो ।

उनीहरूको शरीर भित्रबाट जम्मा फेनारागन १४ एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाईजेपाम ६ , लेबल नभएको ९ एम्पुल गरी जम्मा ३५ एम्पुल लागूऔषध टिटी फेला परेको थियो ।

उनीहरूलाई जिल्ला अदालत उदयपुर बाट १० दिन म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारवाही भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्