२७ आश्विन २०८१, आइतबार
Tags

अब घर बसी ईप्रका रानीमा क्यूआर कोड स्क्यान गरी कम्प्लेन दर्ता गराउन सकिने

रणभूमी डेस्क सोमबार, मंसिर २५, २०८०

विराटनगर / ईलाका प्रहरी कार्यालय रानीले सेवाग्राहीहरुको सहुलियतको लागि डिजीटल कम्प्लेन तथा सजेशन बक्स – क्यूआर प्रविधि मार्फत गुनासो संकलन कार्य सुरु गरेको छ ।

ईलाका प्रहरी कार्यालय रानी बाट प्रवाह हुने सेवाहरुको सम्बन्धमा सेवाग्राहीहरुबाट गुनासो/सुझाव संकलन कार्यलाई प्रविधीमैत्री बनाउने उद्देश्य अनुरुप क्यूआर कोड मार्फत सुझाव/गुनासो संकलन कार्य सुरुवात गरिएको हो ।

प्रहरी चौकी रानीले मंसिर २४ गते आईतवार सर्वसाधारणहरुको लागि क्यूआर कोड सार्वजनिक गरेकाे हो ।

सेवाग्राही सँग भएको गुनासो, सुझाव अथवा सूचनाहरू सजिलै क्यूआर कोड स्क्यान गरेर प्रहरीलाई जानकारी गराउन सकिन्छ जसमा सूचना दिने व्यक्तिको नाम ठेगाना गोप्य रहने प्रहरीले बताएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्