१६ चैत्र २०८०, शुक्रबार
Tags

झापाबाट ब्राउन सुगर र नगद सहित दुई जना कारोवारी पक्राउ

रणभूमी शुक्रबार, साउन १५, २०७८

झापा / श्रावण-१५ ,झापा मेचिनगर नगरपालिका – ९ स्थित लिलाबस्तीको लिलाचोक स्थितमा लागूऔषध ब्राउन सुगर कारोबार गर्ने दुई जनालाई नगद र ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मेचिनगर नगरपालिका – १ वस्ने २६ बर्षीय सरोज भुजेल र सोही स्थानका ३५ बर्षीय निर्मल भुजेल रहेका छन् ।

हिजो दिनको साढे ३ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, लागु औषध नियन्त्रण व्युरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध ब्राउन सुगर कारोबार गर्न लागेको अबस्थामा फेला पारी खानतलासी गर्दा झोला भित्र लागूऔषध ब्राउन सुगर ३४ ग्राम र नेपाली रु. २ लाख ५१ हजार फेला पारे पश्चात उनिहरुले प्रयोग गरेको मे.४ प ४०९७ र मे६प ३२१३ नम्बरको दुई वटा मोटरसाइकल सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले बताएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्