२७ बैशाख २०८१, बिहिबार
Tags

करिम फाउण्डेशनले गर्यो रानी नाकामा पानीको धारा निर्माण कार्यको थालनी

रणभूमी डेस्क आइतबार, पुष ०१, २०८०

विराटनगर / करिम फाउण्डेशनले विराटनगर -१५ स्थित नेपाल भारत सीमा रानी नाकामा यात्रीहरूको लागि धारा जडान गर्ने कार्य थालनी गरेको छ ।

टाढा टाढा बाट आउने आगन्तुक यात्रुहरुको लागि सेवाको भावनाले करिम फाउण्डेशनले करिब २ लाख को लगानीमा सुविधाजनक शुद्ध पिउने पानीको धारा जडान गर्ने कार्य सुरु गरेको हो ।

आईतवार रानी नाकामा फाउण्डेशनको सदस्यहरुले धाराको लागि बोरिंग गर्ने मिस्त्रीहरु ल्याई कल गाड्ने काम सम्पन्न गरेको छ ।

करिब एक महिनामा यात्रुहरुको लागि तातो, चिसो तथा सामान्य पानी प्युन योग्य धारा बनाईसकेर उद्दघाटन गर्ने फाउण्डेशनका अध्यक्ष सरफराज आलम ले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्