१६ बैशाख २०८१, आइतबार
Tags

हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

रणभूमी डेस्क बिहिबार, पुष ०५, २०८०

झापा / झापाको हल्दिबारी गाउँपालिका- २ पाराखोपी स्थितमा हात्तीको आक्रमणबाट एक जना पुरुष मानिसको मृत्यु भएको छ ।

बुधवार बिहान ४:३० बजे स्थानीय ६० बर्षीय पाठल राजवंशी मर्निङवाक गएकोमा घर देखि अन्दाजि २ सय मिटर पुर्व सडक छेउको झाडीमा जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको हो । घटनाको जानकारी प्राप्त हुना साथ तत्काल घटनास्थलमा प्रहरीको टोली पुगेको थियो । प्रहरीले सम्पुर्ण कानुनी प्रकृया पश्चात शवलाई पोष्टमापटमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्