२७ बैशाख २०८१, बिहिबार
Tags

ताप्लेजुङबाट २ नाल भरुवा बन्दुक सहित दुई जना पक्राउ

रणभूमी डेस्क बुधबार, पुष ११, २०८०

ताप्लेजुङ / ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका- १ त्रिवेणी बनबाट भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेएको छ । पक्राउ पर्नेमा स्थानीय २४ बर्षीय मौसम खिमदिम र समिर खिमदिम रहेका छन् ।

बिशेष सुचनाको आधारमा मंगलवार साँझ साढे ७ बजे प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई उक्त बनबाट भरुवा बन्दुक- २ नाल, भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न सामाग्रीहरु, खुकुरी-१ थान, गेटिस (गुलेली)- १ थान, मारेको कालिज- १ वटा र मोबाईल १ थान सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्