२७ बैशाख २०८१, बिहिबार
Tags

नेपाललाई हिन्दु रष्ट्र बनाउने माग सहित साधु सन्तहरू इटहरीमा शनिवार विशाल सभाको तयारीमा

रणभूमी डेस्क शुक्रबार, पुष २०, २०८०

सुनसरी / नेपालमा हिन्दु राष्ट्र स्थापना गर्न पूर्वाञ्चलबाट जनजागरण अभियान सुरु भएको हिन्दु सन्तहरूले उदघाेष गरेका छन् । शुक्रवार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै साधु सन्तहरूले मुलुकमा जस्तो सुकै आन्दोलन गरेर भए पनि हिन्दु राष्ट्र घोषणा गरेरै छाडने उदघाेष गरेका हुन ।

नेपालका प्रथम जगत् गुरु बाल सन्त मोहन सरण देवानाचार्यकाे उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा हिन्दु गुरुहरूले सरकार समक्ष ११ सूत्रीय माग राखेका छन् ।

धरानको बाल गोपाल मन्दिर अगाडी बनेको चर्च तत्काल बन्द या स्थानान्तरण गरिनुपर्ने ,धर्म परिवर्तन गरेर जाने ब्याक्तीकाे नेपाली पहिचानका नाम र थर परिवर्तन गरिनुपर्ने , धर्म परिवर्तन गर्न नपाउने कानुनलाई कडाइका साथ लागु गरिनुपर्ने , सामाजिक सेवाको नाममा धर्म परिवर्तनलाई प्रोत्साहन दिने खालका विदेशी संस्थाहरूको पहिचान गरी अनुमति रद्ध गरी त्यस्ता संस्था वा ब्याक्तीलाइ तत्काल देश निकाला गरिनुपर्ने , जनताको हित विपरीत संविधानमा राखिएको धर्म निरपेक्ष शब्दलाई हटाएर नेपाललाई सनातन हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने , नेपाललाई धार्मिक ,सामाजिक , जातीय दव्न्दमुक्त शान्ति क्षेत्र घोषणा गरिनुपर्ने जस्ता माग राखेका छन् ।

साथै शनिवार इटहरीमा ‘जनजागरण सन्त सभा हुने र यो सभामा देशभर रहेका मठ मन्दिरहरूका साधु सन्तहरू भेला हुने पत्रकार सम्मेलनमा जनाइएको छ ।

अहिलेको व्यवस्थाबाट धर्मको संरक्षण हुन नसक्ने ठहर सहित यो व्यवस्था परिवर्तन गराउनकै लागि भए पनि इटहरीमा विशाल सन्तहरूको सभा आवश्यक रहेको बताइएको छ ।

इटहरीबाट सुरु भएको सन्तहरूको सभा , विराटनगर , धनगढी , नेपालगन्ज , बुटवल पोखरा हुँदै काठमाडाै सम्म पुगेर सिंह दरबार बस्ने शीर्ष दलहरूलाई दबाब पूर्याइने बताइएको छ । शनिवार हुने सन्त सभालाई जगद्गुरु मोहनशरण देवाचार्यसहित योगी नरहरिनाथ पिठका श्रीश नाथ, गलेश्वर आश्रमका आत्मानन्द गिरी, मुक्तिनाथ पिठका कमल नयनाचार्य, गलेश्वर धामका देवराज स्वामी, विश्व हिन्दु विद्यापिठका चिन्तामणि योगी, हरिहर सन्न्यास आश्रमका ज्ञाननन्द सरस्वती, महेश सन्न्यास आश्रमका रमणानन्द गिरीलगायतले सम्बोधन गर्ने जनाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्