२७ बैशाख २०८१, बिहिबार
Tags

ईप्रका रानीले गर्यो नागरिक सुनवाई कार्यक्रम, लागुऔषध नियन्त्रण र सचेतना मुलक कार्यक्रम प्रमुख प्राथमिकता

रणभूमी डेस्क बिहिबार, पुष २६, २०८०

ई.प्र.का. रानीमा हाल सम्ममा जम्मा १३८ वटा अपराधको मुद्दा दर्ता भएको छ, जसमा ६५ जना फरार अभियुक्तहरूलाई पक्राउ, सबै भन्दा बढी १०५ वटा मुद्दा लागूऔषधको दर्ता भएको छ ।

विराटनगर / ईलाका प्रहरी कार्यालय रानीले बिहीवार जहदा गाउँ पालिका १ स्थित स्वास्थ्य चौकीमा समुदाय – प्रहरी साझेदारी अन्तर्गत नागरिक सुनवाई कार्यक्रम गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुद्धनगर प्रमुख वरिष्ठ नायब निरिक्षक विजय बस्नेतको अध्यक्षतामा र जहदा गाउँ पालिका अध्यक्ष जितेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा नागरिक सुनवाई कार्यक्रम गरिएको थियो ।

ईलाका प्रहरी कार्यालय रानीको प्रहरी वरिष्ठ नायब निरीक्षक रुपेश थपलियाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । जसमा ईलाका प्रहरी कार्यालय रानी प्रमुख प्रहरी निरिक्षक सन्दिप वेल्वासेले ईप्रका रानी द्वारा आर्थिक वर्ष २०८०/०८१ को पौष महिना सम्मको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

ईलाका प्रहरी कार्यालय रानीमा ५ महिनामा जम्मा १३८ वटा अपराधको मुद्दा दर्ता भएको छ । जसमा सबै भन्दा बढी १०५ वटा मुद्दा लागूऔषध सम्बन्धी रहेको छ भने भवितव्य ज्यान सम्बन्धी ६, फुटकर ज्यान सम्बन्धी १, आत्महत्या ३, चोरी ५, अभद्र व्यवहार ९, जबर्जस्ती करणी २, अपहरण शरीर बन्धक २ र सवारी ज्यान १, वैवाहिक जवरजस्ती करणी १, कुटपिट अंगभंग १, मानव वेचविखन तथा ओसार पोसार १ र चोरी उद्योग १ गरी दर्ता भएका १३८ मुद्दाहरु मध्ये ७९ वटा मुद्दाहरु फर्छ्यौट भईसकेको र ५९ वटा मुद्दाहरु कार्वाही प्रक्रियामा रहेको बताउनुभयो ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय रानीले पहिलो त्रैमासिकमा अदालतबाट दण्ड जरिवाना भई फरार रहेका ६५ जना अभियुक्तहरूलाई पक्राउ गरी अदालतमा बुझाएको छ । जसमा ३ लाख १८ हजार ९८ रुपैयाँ जरिवाना समेत असुल असुल ऊपर भएको छ ।

ईलाका प्रहरी कार्यालय रानी तथा मातहतमा रहेको एरियामा दोश्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन अवधि भित्रमा आगलागी घट्ना बाट १ जनाएको मृत्यु हुनुका साथै ३ वटा घरहरू पूर्ण रुपमा नष्ट भएका छन् । जसमा ६ लाख ७५ हजार रुपैयाँ बराबरको क्षती भएको तथ्याङ्क देखाउनुभयो । नेपाल सरकारबाट पारित भएको नागरिकता विद्येयकले गर्दा आवश्यकता अनुसार दोश्रो त्रैमासिक सम्ममा ४५५ वटा नागरिकता सर्जमिन सिफारिस गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुद्धनगरमा, ईलाका प्रहरी कार्यालय रानी (सीमा), अस्थाई प्रहरी चौकी मटियरुवा, अस्थाई प्रहरी चौकी भेडियारी र भन्सार सुरक्षा गार्ड मातहतमा रहेको ईलाका प्रहरी कार्यालय रानीमा ६ महिनमा ५३ जना महिला, बालबालिका, जेष्ठ नागरिक हराएको मानिसहरूमा रानीले ३४ जना फेला पार्न सफल भएको तथ्याङ्क रहेको छ ।

त्यसैगरी यो आर्थिक वर्षमा ईलाका प्रहरी कार्यालय रानीको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा जम्मा १९७ वटा परेको उजुरीमा ११३ वटा फर्छौट भईसकेको छ भने ६ वटा सम्बन्धित निकायमा पठाएको र ७८ वटा प्रक्रियामा रहेको छ । प्रहरी कार्यालयमा ठाडो उजुरीको संख्या २९४ वटा रहेको जसमा २३० वटा फर्छ्यौट भईसकेको १६ वटा सम्बन्धित निकायमा बुझाएको र ४८ वटा प्रक्रियामा रहेको तथ्याङ्क ले देखाएको छ ।

सोही क्रममा मानव तथा चेलीबेटी बेचबिखन विरुद्धको संस्थाहरू साना हाथहरु नेपाल, माईती नेपाल, विश्व सेवा विस्तार संस्था र आफन्त नेपालले तीन महिनाको अवधिमा ईलाका प्रहरी कार्यालय रानीमा ल्याई जम्मा १०३ जना बालबालिका हरुको उद्धार गरेको छ । जसमा उमेर नपुगेका बालक १२ जना र बालिका ५१ जना रहेको बताए ।

ईलाका प्रहरी कार्यालय रानीले “साझेदारी” कार्यक्रम अन्तर्गत २०८०/०८१ को पौष महिना सम्म गरिएका कार्यक्रमहरुमा लैङगिक हिंसा, घरेलु हिंसा नियन्त्रण सम्बन्धी २८, लागू औषध नियन्त्रण सम्बन्धी १६, बालविवाह, बहुविवाह नियन्त्रण सम्बन्धी ७, सरसफाई कार्यक्रम १५, प्रहरी संग १ दिन कार्यक्रम ११, अन्तरक्रिया कार्यक्रम ९, सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी ७, आत्महत्या रोकथाम सम्बन्धी १३, जवरजस्ती करणी नियन्त्रण सम्बन्धी ६, मानव वेचविखन नियन्त्रण सम्बन्धी १४, अन्य कार्यक्रमहरु २१ वटा गरी जम्मा १४७ वटा कार्यक्रमहरु गरिसकेको छ ।

प्रहरी कार्यालय रानीबाट लागू औषध नियन्त्रणका लागि सामुदायिक सचेतना कार्यक्रम, स्कुल सचेतना कार्यक्रम, लागू औषध सेवन चेकिङ्ग, लघु सचेतना कार्यक्रम र तालिम प्राप्त कुकुर सहितको चेकिङ्ग, सिमानामा होल्डिङ कार्यक्रम लगाएतका प्रयासहरू निरन्तर गरिरहेको प्रहरी निरिक्षक वेल्वासेले बताए ।

अपराध गर्ने जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने र कुनै किसिमको अपराध गर्ने मानिसलाई कारवाही हुनै पर्ने तथा समाजको मानिसहरूले पनि आफ्नो समाजलाई सुरक्षित राख्न सुरक्षाकर्मीलाई सूचना, जानकारीहरुबाट सहयोग गरे आफ्नै समाज सुरक्षित हुने कार्यक्रमका प्रमुख अतिथी जहदा गाउँ पालिका अध्यक्ष जितेन्द्र प्रसाद साहले बताए ।

कार्यक्रममा विराटनगर महानगर पालिका को वडा १८ का वडा अध्यक्ष जितेन्द्र कुमार साह र जहदा १ नं वडाको वडा अध्यक्ष बाबुराम राजवंशी तथा नागरिक समाज, महिला संघ, विद्यालय प्रतिष्ठानका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधहरु र विद्यार्थी नानी बाबुहरुको बाक्लो उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्