१५ बैशाख २०८१, शनिबार
Tags

आयोध्या राम मन्दिरको प्रण प्रतिष्ठाको लागि रामधुनीको आगो पठाउने प्रयासमा मुख्यमन्त्री कार्की

रणभूमी डेस्क बुधबार, माघ ०३, २०८०

विराटनगर / भारत नेपाल सामाजिक सांस्कृतिक मञ्चले पर्यटन प्रवर्द्धन विकास र सहजीकरणको निम्ति कोशी प्रदेशको मुख्यमन्त्री केदार कार्कीलाई ७ बुँदे प्रस्ताव सहित ज्ञापन पत्र बुझाएको छ।

विभिन्न प्रकारको सामाजिक, सांकृतिक, धार्मिक तथा पर्यावरण रक्षाको निम्ति कामहरू गरिरहने सामाजिक संस्था भारत नेपाल सामाजिक सांस्कृतिक मञ्चले कोशी प्रदेश सरकारलाई सम्बोधन गरेर नेपाल भारत प्रवेश द्वारमा भारत बाट नेपाल आउने र नेपाल बाट भारत जाने पर्यटकहरूको निम्ती सार्वजानिक शौचालय बनाउनुपर्ने, नेपाल-भारत सीमामा बनिरहेको प्रवेश द्वारमा सीमावर्ती क्षेत्रको धार्मिक सांस्कृतिक स्थलको कला कृति राखिनुपर्ने, कोशी प्रदेशलाई बिहार सँगको सम्बन्ध बिस्तार को लागि एक संयुक्त कमिटी को निर्माण गरिनुपर्ने, बिहारलाई आफ्नो कर्मभूमि बनाएर राजनीति को धरोहर स्थल को रूप मा स्थापित जननायक बीपी कोइराला को जन्म दिवसमा बिहारको राजधानी पटना तथा कोसी प्रदेशमा समन्वयको आधार मा राजकीय कार्यक्रम आयोजना गरिनुपर्ने, भारतबाट आउने पर्यटकहरुको लागि सीमा मा बहुभाषिक साईन बोर्ड लगाउनुपर्ने, विराट राजाको दरबारलाई महाभारत सर्किट सँग जोड्ने र पर्यटकीय रेल संचालन को लागि पहल, आवश्यक समन्वय, सहयोग गर्नुपर्ने र पर्यावरण संरक्षणको निम्ति क्रस बोर्डर वृक्षारोपण, अन्तरक्रिया र जनचेतना मुलक गर्ने प्रस्ताव सहित संस्थाका अध्यक्ष राजेश कुमार शर्मा र प्रमुख सल्लाहकार महेश कुमार साह स्वर्णकारले मुख्यमन्त्री केदार कार्कीलाई ज्ञापन पत्र बुझाएको हो ।

कोशी प्रदेशको मुख्यमन्त्री कार्कीले पर्यटन प्रवर्द्धन र दुई देश बीचको एतिहासिक धार्मिक सम्बन्ध अझ सुमधुर बनाउन तथा भारतीय पर्यटकहरुलाई सहज रुपमा मोरङ्ग सुनसरीको एतिहासिक धरोहर, धार्मिक स्थल अवलोकन भ्रमण सहज गर्न कोशी करिडोर बनाउन जोड दिएको बताए । जसले मोरङ्ग जिल्लाको विराट राजा दरवार, सुनसरीको बर्जु ताल, राम धुनी, बाराह क्षेत्र हुँदै ताप्लेजुङ्गको पाथीभरा माता मन्दिर सम्म दुई दिनमै भ्रमण अवलोकन गर्न सहज हुने बताउनुभयो ।

साथै त्रेता युगमा भगवान श्रीरामले सुनसरीको राम धुनिमा धुनी बालेको आगो जुन अझै अखण्ड रुपमा प्रज्वलित छ त्यसलाई जनवरी २२ तारीख अर्थात् माघ ८ गते सोमवार भारतको आयोध्यमा हुने राम मन्दिरको प्रण प्रतिष्ठाको लागि पठाउने प्रयासमा रहेको मुख्यमन्त्री कार्कीले बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित